बाणगंगा ७ मा शनिवारदेखि वडा स्तरीय क्रिकेट प्रतियागिता

कपिलवस्तु । बाणगंगा नगरपालिका ७ मा भोली देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगित हुने भएको छ । वडा नम्बर ७ को बालसञ्जालद्वार आयोजित क्रिकेट प्रतियोगिता भोलि शनिवार देखि सोमबार  सम्म चल्ने बालसञ्जालका अध्यक्ष अमृत गिरीले बताउनु भएको छ ।

अहिले देशले क्रिकेटमा राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै युवा पुस्तालाई खेल सगँ जोडेर वडालाई खेलको क्षेत्रमा माथि उठाउनको लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएके गिरीले बताउनु भएको छ ।

भोली देखि सुरु हुन लागेको खेलमा वडाका विभिन्न ६ टिमको सहभागिता हुने जनाइएको छ । प्रतियोगितमा टिम दर्ता निशुल्क रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार, दोस्रो हुनेले ५ हजार सगँै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै