बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि क्याम्पसका अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुद्धभूमि नगरपालिका ९ चौवन्नमा रहेको क्याम्पसमा अखिलका बाबुराम गिरि १६ मतान्तरले विजयी हुनु भएको छ । गिरिले ११६ मत पाउँदा नेविसंघका जीवन प्रसाद भुसालले ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमपाणी सापकोटाले बताउनु भयो ।
यसै गरी सचिवमा सागर थारु, कोषाध्यक्षमा दिपा तिवारी , सदस्यमा दिलिप कुमार वि.क., मधु सुनार, प्रिङका थारु, खगिश्वरा खत्री र दिलमाया कुँवर निर्वाचित हुनु भएको छ । उक्त क्याम्पसमा २ सय २६ मतदाता मध्ये २१३ मत खसेको थियो ।

प्रतिक्रिया

खबर सबै