
स्ववियु चुनाव : कपिलवस्तुमा मतदान सकियो, मतगणना तयारी

कपिलवस्तु। कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा करिब ७२ प्रतिशत मत खसेको छ ।
विहान ८ बजेर २० मिनेटमा सुरु भएको मतदानमा अपरान्ह ४ बनेसम्म ८ सय ४६ मत ७२ दशमलव १२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत गोविन्द खनालले बताए । उनका अनुसार ‘क’ बुथमा ३२२ महिला र १११ पुरुषको मत खसेको छ भने ‘ख’ बुथमा ९० जना पुरुष र ३२३ महिलाले मत खसालेका छन् । क्याम्पसमा कुल ११ सय ७३ मतदाता थिए ।
निर्वाचन अधिकृत खनालले निकै शान्तिूर्ण तवरले मतदान भएको बताए । अब साँझ ६ बजेपछि गणना सुरु हुने उनले बताए । अब मुचुल्का भई सर्वदलीय वैठक बसेर गणनाको काम हुने उनको भनाई छ ।
जिल्लामा वाणगंगा बहुमुखी क्यामपसमा बाहेक तौलिहवामा अवस्थित कपिलवस्तु बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस बुङ्ची, नेपाल आर्दश बहुमुखी क्याम्पस शिवपुर, बुद्धभूमि बहुमुखी क्याम्पस चौवन्नपुर, फलारीबाबा बहुमुखी क्याम्पस महाराजगन्ज, गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिंगे, समयथान लगायतका क्याम्पसमा चुनाव भएको हो ।
शिवराजको नेपाल आदर्श बहुमुखी क्याम्पसमा कुल ६०० मत मध्ये ४८७ मत खसेको छ । समयथान बहुमुखी क्याम्पसमा कुल ३०० मत मध्ये २६४ मत खसेको निर्वाचन अधिकृत जिवलाल भुसालले जानकारी दिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया