

२२ औं तिलोत्तमा गोल्ड कप : सुदूरपश्चिमसँग आयोजक रुपन्देही पराजित



बुटवल । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले २२ औं तिलोत्तमा गोल्ड कप फबुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुटवलमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही ११ लाई ३–१ ले हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमका लागि फागुराम थारुले २ गोल र स्वाय्म्बाले गोल गरेका थिए । रुपन्दहीका लागि फोफानाले गोल गरेका थिए । फागुरामले ३१ औं मिनेटमा पहिलो गोल गरे । ४६ औं मिनेटमा स्वाय्म्बाले झण्डै ३५ यार्डमा फ्रिकिकमा गोल गरे । ६८ औं मिनेटमा फागुरामले अर्को गोल थपे । खेलको अन्तिम मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।
सुदूरपश्चिमका फागुराम खेलको म्याराथन अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले फिनिसिङमा टोली चुकेको बताएका छन् । सुदुरपश्चिमका प्रशिक्षक अनिल कठायतले भने उच्च मनोबल र सामूहिक प्रदर्शनबाट जित सम्भव भएको बताएका छन् ।
थ्रीस्टार र हिमालयन शेर्पा भिड्ने
प्रतियोगितामा आइतबार थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टारले २० औं संस्करणको उपाधि जितेको थियो भने हिमालयन शेर्पा अहिले सम्म विजेता बन्न सेकेको छैन ।
तिलोत्तमाको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मनाङ मस्र्याङ््दी क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबको पनि सहभागिता रहेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया