

महेन्द्र बहुमुखी क्याम्पस दाङमा चैत ८ गते स्ववियु निर्वाचन

दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसमा तालाबन्दी गरिएको बिषयमा विप्लवको अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार स्यववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।
विप्लवको अखिल ९क्रान्तिकारी०ले स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले आसन्न अनाधिकृत रुपमा रुपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो ।
क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।
शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको हो।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया