

बाणगंगाकी २३ वर्षीय चम्पाको भारतमा रहस्यमय मृत्यु




कपिलवस्तु । कपिलवस्तुको बाणगंगाकी एक युवतीको भारतमा रहस्यमय मृत्यु भएको छ । भारतको चण्डीगढमा उनको मृत्यु भएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ गणेशपुरकी २३ वर्षीय चम्पा गन्धर्व गत जेठ महिनामा रोजगारीको शिलसिलामा आफ्नी कान्छी भाउजूसँग भारतको चण्डीगढ स्थित पञ्चकुला २ नम्बर सेक्टरमा पुगेकी थिइन् । अमृता गन्धर्वकी एकमात्र छोरी रहेकी चम्पाले चण्डीगढको एक चिकित्सकको घरमा घरायसी काममा रोजगारी पाइन र उनले सोही घरमा काम गर्दै आएको पारिवरिक स्रोतले जनाएका छन् ।
१६ मार्च अर्थात यही चैत २ गते बिहिवार बिहान १०ः३० बजे विहानको खाजा खाएर नुहाउन बाथरूममा गएकी चम्पा डेढ–दुई घण्टा पछि संकास्पथ अवस्थामा मृत फेला परीन् । नुहाउन गएकी उनी धेरैबेर सम्म ननिस्किएपछि उनकी एक साथिले त्यहाँको प्रहरीलाई खबर गरीन् । भारतीय प्रहरीले बाथरुमको ढोका फोरेर हेर्दा मुखबाट रगत बगेको ,चुन्निले घाँटीमा बेरिएको अवस्थामा उनको शव फेला परेको आफन्तजनले बताएका छन् ।
चण्डीगढ स्थित भारतीय एकता समाजले घटनाको प्रकृति हेर्दा हत्या आशंका गरेको छ । एकता समाजले घटनाको सत्य तथ्यको आधारमा दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् । यता परिवारजनले समेत चम्पाको हत्या भएको आशंकामा छानविनको माग गरेका छन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया