

विश्वकप छनाेटकाे अन्तिम खेल खेल्दै नेपाल, जित्नै पर्ने दबाब



काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।
लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।
नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ । नेपाल लिग–२ मा ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ चौथो स्थानमा छ । नेपालभन्दा अगाडि ३९ अङ्कका साथ नामिबिया तेस्रो र नेपालभन्दा पछि ३५ अङ्कका साथ अमेरिका पाँचौँ स्थानमा छ । नेपालले यूएईलाई हराउन सकेमा ४० अङ्क हुनेछ । ४० अङ्क जोड्न सकेमा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अङ्कका साथ च्याम्पियन र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगिसकेका छन् । अमेरिका ३५ अङ्कका साथ पाँचौँ, यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ र पपुवा न्युगिनी ११ अङ्कका साथ पुछारमा छ ।
नेपालको सम्भावित प्लेइङ–११
आसिफ शेख (विकेटकीपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया