

भलवाडका सुनौलो हजार दिनका आमाहरुलाई तालिम प्रदान





बाबुराम रायमाझी,भलवाड : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भर्तापुर टोलमा सुनौला हजार दिनका आमाहरुलाई पूर्ण सरसफाई सम्बन्धी तालिम प्रदान गरिएको छ । मंगलबार बाणगंगा नगरपालिकाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका ३० जना आमाहरुलाई पूर्ण सरसफाई सम्बन्धी एक दिवसीय तालिम भर्तापुरमा सम्पन्न गरिएको हो ।
तालिममा वाणगंगा नगरका प्रमुख चक्रपाणी अर्यालले बालबालिकाको ८० प्रतिशत विकास सुरुका हजार दिनमा हुने भएकाले यो समयलाई सुनौलो हजार दिन भनिएको बताउनुभयो । त्यसतै उहाँले यो समयमा सुनौला हजार दिनका आमाहरुले पुर्ण सरसफाईमा ध्यान दिनुपर्नेमा सहभागिहरुलाई जोड दिनुभयो ।
यस्तै कार्यक्रममा नगरपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमूख खिमबहादुर जिसी, वडा अध्यक्ष कमल पौडेल र नगर कार्यपालिका सदस्य केशरा गुरुङले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रमका कार्यक्रम संयोजक शर्मिला राना र भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीको सहजीकरणमा सम्पन्न भएको हो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया