

घाउ निको हुँदा किन चिलाउँछ?





जीवनको कुनै न कुनै क्षणमा मानिसलाई सानोतिनो चोटपटक लागेकै हुन्छ। ठूला चोटपटक लाग्दा हामी अस्पताल वा स्वास्थ्य संस्था गएर उपचार गराउँछौं। स–साना घाउ लाग्दा चाहिँ घरमै औषधोपचार गर्छौं। औषधिहरुको प्रभाव तथा हाम्रो शरीरको घाउ निको पार्ने प्रतिरक्षा प्रणालीका कारण एउटा समयक्रममा चोटपटक निको भएर जान्छ।
धेरैले अनुभव गर्ने गरेको कुरा हो– सानो घाउ होस् या ठूलो, निको हुँदै जाँदा चोट लागेको ठाउँमा अत्यधिक चिलाउने गर्छ। निको हुँदै गरेको घाउ–चोटपटक लागेका ठाउँहरु चिलाउन थालेपछि हामी भन्छौं– अब चाहिँ घाउ निको हुन थालेछ!
प्रश्न उठ्छ– चोट लागेको ठाउँमा निको हुँदै जाँदा किन चिलाउँछ?
शरीरमा विभिन्न शारीरिक प्रक्रियाहरू बीचको जटिल अन्तरक्रियाको कारण घाउहरू निको हुँदा चिलाउने गर्छ।
जब हामीलाई घाउ–चोटपटक लाग्छ, हाम्रो शरीरले त्यसलाई मर्मत गर्ने वा निको पार्ने प्रक्रिया तुरुन्तै थालिहाल्छ। यस प्रक्रियामा क्षतिग्रस्त कोष तथा अंगहरु मर्मत गर्न त्यस भागमा चल्ने रासायनिक र सेलुलर प्रतिक्रियाहरूको श्रृंखला समावेश हुन्छ।
यी प्रतिक्रियाहरूमध्ये एक हो, हिस्टामाइन उत्पादन हुनु। घाउको दुखाइ र पीडालाई कम गर्न चोटग्रस्त भागमा भएका कोषहरुले प्रशस्त मात्रामा न्युरोट्रान्समिटर हिस्टामाइन रसायन उत्पन्न गर्छ। त्यसले चोटग्रस्त भागलाई लठ्याएर दुखाइ कम गर्छ। त्यसका साथसाथै त्यसले क्षतिग्रस्त भागको मर्मत गर्न त्यस क्षेत्रमा जान स्टिम कोषहरुलाई उत्प्रेरित गर्छ। यस क्रियाले कोषहरुमा हुने स्नायुहरुको पुछार भागलाई पनि उत्तेजित तुल्याइदिन्छ। फलतः हामीलाई चिलाएको वा अन्य प्रतिक्रियाहरुको अनुभव हुन थाल्छ।
घाउ–चोटपटकहरु पुर्न, निको पार्न शरीरले नयाँ कोषहरु उत्पादन गर्छ। यस चरणमा पनि त्यस क्षेत्रमा रहेका स्नायुतन्त्रिकाका पुछार भागहरु झनै संवेदनशील बनेर आउँछ। यसले हामीलाई घाउ–चोटपटक लागेको ठाउँमा बढी नै चिलाएको वा अरु असहज भएको अनुभूति हुन थाल्छ।
त्यसबाहेक, घाउ–चोटपटक निको हुँदै जाँदा नयाँ कोषहरु बनेर घाउ पुरिएको ठाउँमा सुख्खा र कडा हुने गर्छ। यसले गर्दा पनि त्यस भागमा चिलाउन थाल्छ। चिलाएपछि स्वाभाविक रुपमा कन्याइन्छ। त्यसले भरखरै निको भएको वा निको हुँदै गएको क्षेत्रमा जलन हुने, घाउ पूर्ण रुपमा निको हुन ढिलाइ हुने र चिलाउँदा नरम छाला कोपरिएर संक्रमण हुन सक्ने खतरा पनि बढाइदिन्छ।
संक्षेपमा भन्दा घाउ निको हुने क्रममा त्यस क्षेत्रमा अत्यधिक चिलाएको अनुभूति हुनु शरीरको सामान्य र प्राकृतिक प्रतिक्रिया हो।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया