

नेपालले यूएईलाई दियाे २ सय ४९ रनकाे लक्ष्य


काठमाण्डाै
आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनकाे लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।
नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो ।
नेपालले याे शृङ्खलाकाे पहिलाे खेलमा यूएईलाई ५२ रनले हराएकाे थियाे । आजकाे खेल जितेमा नेपालकाे एकदिवसीय मान्यता कायम हुनेछ । नेपालले साेझै विश्व कप छनाेट कायम गर्न भने याेसहित ३ वटा खेल जित्नुपर्ने हुन्छ । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।
लिग–२ तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित छैटाैँ स्थानमा छ । १ खेल बढी खेलेकाे पीएनजी ११ अङ्कसहित तालिकाकाे पुछारमा छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया