बाणगंगामा चौथो मेयर कप फुटबल : वडा नम्बर ६ को विजयी सुरुवात

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा आजदेखि चौथो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता बाणगंगा नगरपालिका–२ स्थित जनता मावि पिपराको खेल मैदानमा सुरु भएको हो ।

आज विहिबार भएको उद्घाटन खेलमा वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ६ ले २–० गोल अन्तरले जित निकालेको हो । अब भोलि शुक्रबार दुई खेल हुने नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले जानकारी दिए । उनका अनुसार पहिलो खेल वडा नम्बर ८ र ११ बीच हुने छ भने दोस्रो खेल वडा नम्बर ५ र १० बीच हुने छ ।

मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ । यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । आजदेखि सुरु भएको उक्त प्रतियोगिता चैत्र १ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

खबर सबै