

म्यान अफ द म्याच’ ट्रफी हजुरआमालाई समर्पित गर्छु : भीम





काठमाडौं
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा भएको सिरिजको अन्तिम खेलमा घरेलु टिमलाई पराजित गर्दै ‘म्यान अफ द म्याच’ बनेका भीम सार्कीले आफूले पाएको ट्रफी हजुरआमाका लागि समर्पित गर्न चाहेको बताएका छन्।
खेलपछिको ‘पोस्ट म्याच प्रिजेन्टेसन’मा ट्रफी हात पारेपछि सार्कीले आफूले पाएको ‘म्यान अफ द म्याच’को ट्रफी हजुरआमालाई समर्पित गर्ने बताएका हुन्। प्रिजेन्टेटरले अंग्रेजीमा प्रश्न सोध्दै गर्दा उनले नेपालीमा जवाफ दिएका हुन्।
मध्यक्रमका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए। भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो।
भीमले युएईका तीव्र गतिका बलर जहुर खानलाई थर्डम्यानमा चौका हान्दै ७८ बलमा सिनियर टोलीको लागि पहिलो अर्धशतक प्रहार गरेका थिए। भीम ४५ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाबाट बोल्ड आउट हुन पुगे। एक समय ६८/५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले अर्धशतकका साथ खेलमा पुनरागमन गराएका थिए।
युएईमा भएको चार खेलमध्ये नेपालले तीन खेल जितेको छ। पहिलो खेलमा पीएजीलाई पराजित गरेको नेपालले दोस्रो खेलमा युएईसँग पराजित भएको थियो। तर तेस्रो खेलमा पुनः पीएनजीलाई पराजित गरेको नेपालले सोमबार भएको चौथो खेलमा युएईलाई ४२ रनले स्तब्ध बनाएको हो।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया