

बाणगंगा ५ मा ६ सय बढीको नि:शूल्क आँखा परीक्षण





कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ ले वडाका ६ सय बढी नागरिकको निशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ ।
वडा नम्बर ५ को आयोजना तथा नेत्र ज्योति संघ तौलिहवा कपिलवस्तुको प्राविधिक सहयोगमा आयोजना गरीएको एक दिने निशुल्क आखाँ शिविरमा ६२८ जनाको आँखाको परिक्षण तथा उनीहरुलाई निशुल्क औषधि पनि वितरण गरिएको वडा अध्यक्ष दुनिका प्रसाद भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष भुषालको अध्यक्षता सहित नेत्र ज्योति संघ तौलिहवाका अध्यक्ष रमेश शर्माको प्रमूख आतिथ्यता रहेको थियो । वडा सदस्य ज्ञानबहादुर कार्कीको स्वागत मन्तव्य सहित कार्यक्रममा बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेल, कोपवा स्वास्थ्य चौकी प्रमुख कृष्ण घिमिरे लगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा वडाका जनप्रतिनिधि तथा टोलविकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको वडा अध्यक्ष भुसाालले जानकारी दिनुभएको छ ।
आज आँखाको परिक्षण गरिएका मध्ये १ सय १५ जनामा मोतियाविन्दुको समयस्याा देखिएको छ । उनीहरुलाई आइतबार देखि तौलिहवा स्थित आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष भुषालले वडा नम्बर ५ का सबै विपन्न नागरिकहरुलाई वडाले विभिन्न खालका कार्यक्रमहरुमा बजेट विनियोजन गरी उनीहरुको सहजताका लागि कार्यक्रमहरु गर्ने बताउनुभयो । उहाँले अब कुनै पनि नागरिकलाई आँखाको समस्या लिएर जीवन बिताउनु नपर्ने गरी वडाले काम गर्ने पनि उहाँले बताउनु भएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया