

पदम सेनको नेतृत्वमा गठन भयो बाणगंगामा नगर खेलकुद विकास समिति





बाणगंगा । कपिलवस्तुको बाणगंगामा नगर खेलकुद विकास समिति गठन भएको छ । नगरको कार्यापालिका बैठकले पदम सेनको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
जसको पदेन सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष छविलाल रेस्मी मगर मनोनित भएका छन् भने सदस्यहरुमा शंकर कार्की, बुद्धिराम पौडेल, कुल बहादुर सुवेदी, सुन्दर पहराई, भरत थापा, कृष्ण कार्की, सविना आचार्य, रणबहादुर काउचा, डम्मर सोमै रहेका छन् भने सदस्य सचिवमा बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी.रहेका छन् । उक्त.समितिले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् । आज मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख चक्रपाणी अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । नगरप्रमुख अर्यालले समितिलाई शुभकामना दिदैं नगरले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरे । खेलाडीहरुको क्षमता तथा सिप विकासका लागी थप योजनासहित अघि बढेको बताउँदै उनले भने, ‘अब नगरस्तरका खेलकुदका कार्यलाई थप भव्यरुपमा सम्पन्न गर्न समितिले महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ ।’
समितिका संयोजकमा मनोनित भएका सेनले जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष समेत भएर कुशलतापुर्वक कार्य सम्पादन गरिसकेको अनुभव छ ।
बाणगंगा नगरपालिकालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा परिचित गराउने रणनितिका साथ समिति अघि बढ्ने संयोजक सेनले बताए । नगरपालिकामा खेलकुद क्षेत्रलाई थप विस्तार गर्दै क्षमतावान खेलाडी उत्पादनमा समितिको जोड रहने उनको भनाई छ । बाणगंगा नगरपालिकामा पहिलो पटक नगर खेलकुद विकास समिति गठन भएको हो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया