

पर्यो पानी, प्रि-मनसुनको संकेत


यस वर्ष हिउँदयाममा पानी नै परेन। तर, आइतबार वर्षासँगै हिउँदबाट प्रिमनसुन सुरु भएको संकेत देखिएको छ। पूर्वी पहाडमा पनि पानी परेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार काठमाडौंमा ५ मिलिमिटर वर्षा मापन भएको छ।
बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ।
पोखरेलको अनुसार हुन त यो हिउँदको सिजन होइन। मार्च महिनाबाट मात्रै प्रिमनसुन सुरु हुन्थ्यो। तर, हालको क्रियाकलाप प्रिमनसुनको जस्तो भएको उनले बताए। ‘हिउँदको वर्षामा चट्याङ पर्दैन। प्रिमनसुनदेखि मात्रै चट्याङ सुरु हुने भएकाले आइतबारको वर्षा हिउँदको जस्तो छैन,’ उनले भने ‘त्यसैगरी सामान्यभन्दा तापक्रम पनि बढी भएकाले प्रिमनसुन सुरु भएको जनाउ दिएको छ।’
सोमबार मध्याह्न पनि आइतबारको जस्तै वर्षा हुने र मंगलबारबाट मात्रै मौसममा सुधार हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको आइतबार ५ बजेर ४५ मिनेटसम्मको तथ्यांकअनुसार पोखरामा ३०।७, ताप्लेजुङमा ८।५ र जिरीमा १।५ मिलिमिटर वर्षा भएको छ। कतिपय ठाउँमा मेघ गर्जनसहित पानी परेको हो। तराईबाहेक अन्य ठाउँमा असिना, मेघगर्जनसहितको वर्षा भएको छ। भोलि पहाडी तथा हिमाली भू–भागमा वर्षाको सम्भावना छ। केही ठाउँमा चट्याङ र हिमपातसमेत हुनेछ।
यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया