

बाणगंगा ७ मा ‘एक घर एक हजारी’ कार्यक्रमः १७ सयलाई हजारी वतरण





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले वडाका हरेक घरमा फुलबारी र करेसाबारी निर्माण गर्ने उद्देश्य सहित नागरिकहरुलाई एक एक थान हजारी बितरण गरेको छ । वडाको एक घर एक हजारी कार्यक्रम अन्र्तगत वडाका १७ सय परिवारलाई हजारी वितरण गरेको हो ।
वडाको सुन्दरीकरणसँगै कृषकहरुलाई करेसाबारीमा सक्रिय बनाउन वडाको चालु आर्थिक वर्षको लक्षित वर्गको कार्यक्रम अन्र्तगत कृषकहरुलाई हजारी वितरण गरिएको हो । आइतबार वडा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमबा बिच वडाका ८ सय कृषकहरुलाई हजारी वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ७ ले गत आर्थिक वर्षमा ९ सय कृषकहरुलाई वितरण गरीएको थियो । दुई आर्थिक वर्षमा गरी वडाका १७ सय नागरिकहरुलाई हजारी वितरण गरिएको वडा अध्यक्ष गिरीले बताउनु भयो ।
वडा अध्यक्ष गिरीले वडा नम्बर ७ का हरेक नागरिकहरुलाई घरमा अनिवार्य फुलबारी र करेसाबारी निर्माण गर्नुपर्ने बताउनुभयो । वडाले हरेक क्षेत्रमा सिँचाईको सुविधा पु¥याउने वडाको उद्देश्य अनुरुप काम पनि गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षता सहित वडाका सबै जनप्रतिनिधि र टोलविकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वडा सचिव सन्तोष कुमार बैठाको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया