आइसिसी वरीयतामा सन्दीपको फड्को

काठमाडौं

क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् ।
आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीप एकै पटक ३१ औं स्थानमा पुगेका छन् ।

एकदिवसीय बलिङको नयाँ वरीयतामा सन्दीप गएको हप्ताको तुलनामा १२ स्थानमाथि उक्लिएका हुन् । सन्दीप गएको साता यो वरीयताको ४३औँ स्थानमा थिए ।

विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा भएको थियो । उक्त श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए । यही प्रदर्शनको बलमा उनलाई विश्व वरीयतामा अहिलेसम्मकै सबैभन्दा माथिल्लो स्थान प्राप्त भएको हाे ।

प्रतिक्रिया

खबर सबै