

प्रचण्डले पुस १० गतेको सम्झौता तोड्नु हुन्न : अध्यक्ष ओली



काठमाण्डौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतोड्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।
आज बिहीवार आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन पनि नटुट्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति चुनावमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।’
अध्यक्ष ओलीले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरूसँग सम्झौता गर्न नमिल्ने बताउनुभयो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया