नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भयाे : देसाई

काठमाण्डाै

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक माेन्टी देसाईले खेलाडीलाई दिएकाे जिम्मेवारी सही तरिकाले प्रयाेग गर्दा सफलता मिलेकाे बताएका छन् ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला नेपालले क्लिन स्वीप गरेपछि पत्रकार सम्मेलनमा बाेल्दै प्रशिक्षक देसाईले यस्ताे बताएका हुन् । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा यादगार शृङ्खला बनाउँदा आफू पनि खुसी भएकाे उनले प्रतिक्रिया दिए ।

प्रशिक्षकको रूपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरूको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुसी भएकाे देसाईले बताए । नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको उनले थपे ।

नयाँ प्रशिक्षक नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले यस शृङ्खलाबाट सुधारको सङ्केत दिएको छ । यही शृङ्खलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।

प्रतिक्रिया

खबर सबै