

सडक कार्यालय दाङको कार्यलयमा स्थानीयद्धारा तालाबन्दी



दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।
घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।
सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले सडक अलपत्र छोड्ने ठेकेदारलाई कारवाहीको माग गर्दै सडकको निर्माण तथा मर्मत छिटोभन्दा छिटो गर्न दबाब दिए ।
घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक निर्माण नहुँदा नागरिकले सास्ती खेप्नु परेको नागरिक समाजका संयोजक केवी मसालले बताए ।
सडकमा उड्ने धुलोले नागरिकको स्वास्थ्यमासमेत गम्भीर असर पुगेको उनले बताए । सडक छिटो भन्दा छिटो नबनाए आफूहरु कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।
सडक अलपत्र हुँदा दुर्घटना बढेको र नागरिकले ज्यान समेत गुमाउनु परेको भन्दै आफूहरु चुप लागेर नसबस्ने स्थानीयले बताए ।
दवाव स्वरूप धर्ना कार्यक्रममा सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लवको नेतृत्वमा गएको दवाव समुहमा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया