

सडक कार्यालय दाङको कार्यलयमा स्थानीयद्धारा तालाबन्दी





दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।
घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।
सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले सडक अलपत्र छोड्ने ठेकेदारलाई कारवाहीको माग गर्दै सडकको निर्माण तथा मर्मत छिटोभन्दा छिटो गर्न दबाब दिए ।
घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक निर्माण नहुँदा नागरिकले सास्ती खेप्नु परेको नागरिक समाजका संयोजक केवी मसालले बताए ।
सडकमा उड्ने धुलोले नागरिकको स्वास्थ्यमासमेत गम्भीर असर पुगेको उनले बताए । सडक छिटो भन्दा छिटो नबनाए आफूहरु कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।
सडक अलपत्र हुँदा दुर्घटना बढेको र नागरिकले ज्यान समेत गुमाउनु परेको भन्दै आफूहरु चुप लागेर नसबस्ने स्थानीयले बताए ।
दवाव स्वरूप धर्ना कार्यक्रममा सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लवको नेतृत्वमा गएको दवाव समुहमा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया