

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै





काठमाण्डाै
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।
अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराउनुभएको छ ।
भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको छ । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पताललाई उद्धृत गर्दै कँडेलले जानकारी दिनुभएको छ ।
कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताउनुभएको छ । नेता भण्डारीले अस्ति शनिवारदेखि नलीमार्फत् खाना खान पनि सुरु गर्नुभएको छ । गएको मङ्गलवार राति ग्यास चुहावट भएर शरीरमा आगो लागेपछि नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको हो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया