

प्रहरी मुख्यालयमा आक्रमण



एजेन्सी
पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति आक्रमण भएको छ । ६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् ।
घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा सतर्कता बढाइएको बीबीसी हिन्दीमा उल्लेख छ ।
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिनुभएको हाे । साथै उहाँले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । यो आक्रमणको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको बीबीसी हिन्दीले जनाएको छ । घटनाबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया