

प्रहरी मुख्यालयमा आक्रमण


एजेन्सी
पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति आक्रमण भएको छ । ६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् ।
घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा सतर्कता बढाइएको बीबीसी हिन्दीमा उल्लेख छ ।
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिनुभएको हाे । साथै उहाँले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । यो आक्रमणको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको बीबीसी हिन्दीले जनाएको छ । घटनाबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया