

कपिलवस्तु सहित १५ जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधी





काठमाडौं । सरकारले हात्तीपाइले रोग निवारणका लागि आमऔषधी सेवन कार्यक्रम ११ फागुनदेखि सुरु गर्ने भएको छ। रोग देखापरेकोे ६ प्रदेशका १५ जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा यस वर्ष औषधी खुवाउने कार्यक्रम सञ्चालन हुनेछ।
उनले भने, ‘१५ जिल्लाका ८५ लाख जनसंख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ। यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्न औषधी सेवन कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ।’
सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको छ। यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको हो।
थप गरिएको एक जिल्ला रसुवामा हात्तीपाइले रोगको संक्रमण देखिएपछि औषधि सेवनको अभियान सञ्चालन हुन लागेको छ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया