

अमृते सामुदायिक वनको अध्यक्षमा पौडेल निर्वाचित





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वनको अधिवेशन अन्र्तगत आज भएको निर्वाचनमा भारी मतान्तर सहित योगेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार अध्यक्ष पदका लागि मात्रै भएको निर्वाचनमा गोपाल गिरी र योगेन्द्र पौडेल चुनावी मैदानमा रहनुभएको थियो । सम्पन्न निर्वाचनमा गोपाल गरीले ५४ मत ल्याउँदा योगेन्द्र पौडेलले २१९ मत सहित विजयी हुनुभएको निर्वाचन मण्डलका सदस्य बाबुराम रायमाझीले जानकारी दिनुभएको छ ।
गिरी र पौडेल बिचको मतान्तर १६५ रहेको छ । कुल खसेको मतमा एक मत बदर भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
अमृते सामुदायिक वन कार्यसमितिको केही साता अघि सम्पन्न साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयनका लागि अन्य सबै पदमा सहमतिमा टुङ्गो लगाएको भए पनि मुख्य नेतृत्वदायी पदमा कुरा नमिले पछि निर्वाचन भएको हो ।वन उपभोक्ता समुहका सदस्यहरुले आज अध्यक्ष चयनका लागि मतदान गरेका थिए । गिरी यस अघिको कार्यकालमा वनको नेतृत्व गरेका व्यक्ति हुन भने पौडेल यस अघिको कार्यकालमा कार्यसमिति सदस्यमा रहेर काम गरेका थिए ।
दुर्गा पौडेलको संयोजकत्वमा हरिराज घिमिरे, नायारण खनाल र बाबुराम रायमाझी सदस्य रहेको निर्वाचन मण्डलले आज वनको नेतृत्व चयनका लागि चुनाव गराएको हो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया