

त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

काठमाण्डाै
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिला बलिङ रोजेको छ । स्कटल्यान्डले ब्याटिङ गर्दैछ। आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ ।
ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झाले खेल्नेछन् । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।
सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । शृङ्खलामा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २/२ खेल खेल्ने छन् ।
लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्ककासाथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया