

राष्ट्रपतिद्धारा दाङमा आयुर्वेद शिक्षण भवनको उद्घाटन

तुलसीपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवनको दाङमा आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षण बढ्दै गएकाले यसको विकास विस्तारमा ध्यान दिइने बताउनुभयो ।
गणतन्त्र स्थापना पछि राष्ट्र प्रमुखबाट पहिलो संस्कृत विश्वविद्यालय पुग्नुभएका राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवन संस्कृत विश्वविद्यालयका लागि ठूलो उपलब्धी भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले योग, प्रणायाम, मानसिक उपचार पद्धति आयुर्वेदमै रहेकाले व्यस्त जीवनशैलीमा यी उपचार पद्धतिको महत्त्वपूर्ण भूमिका रहने पनि बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले कोरोना कालमा विश्वविद्यालयले प्रदेशलाई भवन उपलब्ध गराएर नागरिकको उपचारमा ठूलो योगदान दिएकाले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्र विकासका लागि जडिबुटीको प्रवर्द्धन गर्न आयुर्वेद क्याम्पसले योगदान दिने पनि बताउनुभयो । उहाँले नागरिकको उपचारमा आयुर्वेदको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
वि.सं. २०७४ साल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त २४ करोड ७२ लाखको लागतमा भवन निर्माण भएको हो । संस्कृत विश्वविद्यालयले २०६९ सालमा आयुर्वेद अध्ययन संस्थान स्थापना गरेर आयुर्वेद स्नातक तहको कक्षा सञ्चालन गरेको थियो । हालसम्म करिब दुई सय जनाले आयुर्वेद स्नातक तह (विएएमएस) उत्तीर्ण गरेका छन् ।
५३ कोठे भवनमा आयुर्वेद शिक्षण भइरहेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाका अनुसार विश्वविद्यालयमा १७ वटा शास्त्रमा अध्ययन र अनुसन्धान गराइरहेको छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया