

जेलबाट छुटेपछि खेलेको पहिलो खेलमा सन्दीपले लिए ३ विकेट


काठमाडौँ
नाबालिका बलात्कार आरोपमा केही महिना जेल र हिरासतको जीवन बिताएर पुनः क्रिकेट खेलमा फर्किएका सन्दीप लामिछानेले आज ३ विकेट लिएका छन् ।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भइरहेको सो खेलमा लामिछानेले ३ विकेट लिएका हुन् ।
सन्दीपले दोस्रो बलमै विकेट झारेका थिए । सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनले लिएका उनले खेलको ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएर बाहिरिएका हुन् । आफ्नो बलिङको पाँचौँ ओभरपछि भने उनको प्रदर्शन खस्किएको थियो ।
आजको खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र कुशल मल्लले १/१ वटा विकेट लिए । २८६ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया