आधुनिक सेवा सहित युनिक फार्मेसी गोरुसिङ्गेमा सञ्चालन

कपिलवस्तु

कपिलवस्तु जिल्ला स्थित बुद्धभुमि नगरपालिका वडा नम्बर २ गोरुसिङगेमा युनिक फार्मेसी एण्ड हेल्थ क्लिनिक प्रा.लि सञ्चालनमा आएको छ । जिल्लामा उच्च स्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले क्लिनिक सञ्चालन गरेको सञ्चालक विवश बन्जाडेले बताएका छन् ।

क्लिनिकबाट डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे। प्रयोगशाला (प्याथोलोजी), गर्भवती सेवा, ओ.पि.डि सेवा, नेबुलाईजर, ई.सि.जी सेवा तथा इमर्जेन्सी सेवामा रहेको सञ्चालकले बताएका छन् । क्लिनिकबाट डा. द्रोण कार्की, एम.वि.वि.एस डा. मुकेश चौधरीले सेवा दिने बताइएको छ ।

साथै क्लिनिकबाट माइनर अपरेसनको समेत व्यवस्था सहित अत्याधुनिक सेवाहरु र गुणस्तरीय सेवा दिने जनाएका छन् ।
साथै क्लिनीकबाट हरेक हप्ताको शनिवार विशेषज्ञ डाक्डरहरु आउने बताइएको छ ।दक्ष तथा अनुभवि डाक्टरहरुले सेवा दिने क्लिनिक जिल्लाकै उत्कृष्ट र व्यवस्थित रहेको छ ।

प्रतिक्रिया

खबर सबै