नेपालबाट ६ महिनामा ३ अर्ब बढीको अलैँची निर्यात

काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९(८० को ६ महिनाको अवधिमा ३ अर्ब ७३ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ४६ लाख ७२ हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस अवधिमा नेपालबाट भारत र पाकिस्तानमा अलैँची निर्यात भएको तथ्याङ्कमा देखिन्छ । सबैभन्दा धेरै भारतमा ३ अर्ब ७३ करोड रुपैयाँको अलैँची भारतमा निर्यात भएको छ ।

यस्तै, पाकिस्तानतर्फ ६ महिनाको अवधिमा ४५ लाख ४९ हजार रुपैयाँको अलैँची निर्यात भएको छ ।

प्रतिक्रिया