

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा





काठमाण्डाै
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो ।
नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् । आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग, ५ गते स्कटल्यान्डसँग, ६ गते नामिबियासँग र नौ गते स्कटल्यान्डसँग खेल्नेछ ।
लिगको तालिकामा ३२ खेलमा ४६ अङ्कसहित स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । ३० खेलमा ३७ अङ्कसहित नामिबिया तेस्रो र २४ खेलमा १८ अङ्कसहित नेपाल छैटाैँ स्थानमा रहेको छ । एकदिवसीय मान्यता जोगाइराख्न नेपाललाईं लिगका बाँकी खेलमा जितको खाँचो रहेको छ ।



खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया