

एक्कासी ह्वात्तै किन बढ्यो शेयरबजार ?



काठमाडौं
नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ ।
मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक० वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो ।
उक्त तथ्यांकले शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकमा उत्साहजनक सुधार भएको देखाएको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रका समष्टिगत सूचकांक प्रगति उन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेसँगै लगानीकर्ता सकारात्मक बने । यसले गर्दा बजारमा खरीद माग उच्च देखिएको छ ।
ब्याजदर महँगो हुँदा ऋणको माग कम छ । तर, बढेको निक्षेपले बैंकिङ प्रणालीमा अधिक तरलता उपलब्ध हुन थालेको छ । सीडी रेसियो घटेको छ ।
वित्तीय प्रणालीमा तरलता थपिएसँगै बैंकहरूले राष्ट्र बैंकसँग लिने सापटी पनि कम हुँदै छ । अन्तरबैंक दर ४ प्रतिशत हाराहारीमा झरेको छ ।
तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्यो । माघ महीनादेखि निक्षेपको ब्याजदर पनि घटेको छ । यसले आगामी दिनमा बैंकहरूको लागत घटेर कर्जाको ब्याज सस्तिने संकेत गरेको छ । यी सम्पूर्ण कारणले गर्दा शेयर लगानीकर्ता सकारात्मक देखिएका छन् ।
त्यसैगरी शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउन अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर सकारात्मक देखिएका छन् । सोही कारण मंगलवार बजार बढेको पुराना लगानीकर्ता डमरुवल्लभ घिमिरे बताउँछन् ।
सोमवार मात्रै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताको हितमै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको घिमिरको भनाइ छ ।
यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया