

टर्की भूकम्प : मृतकको संख्या १२ सय नाघ्यो हजारौँ घाइते


टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १२ सय व्यक्तिले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन्। टर्कीमा मात्रै ९१२ व्यक्तिको मृत्यु भएको र ५ हजार ३०० जना घाइते भएका टर्कीका राष्ट्रपति रिसिप तैयप यर्दोगानले बताएका छन्।
सिरियामा तीन सयभन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्प प्रभावित सिरियाका एलेप्पो, हामा, लाताकिया, तारतुस लगायतका क्षेत्रमा थुप्रै घाइते भएको टर्की सरकारी मिडिया एनादुलुले उल्लेख गरेको छ।
भूकम्पले भत्किएका सयौँ संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ। उद्धारका लागि अजरबैजानले ३७० उद्धारकर्ता र सहायता सामग्री घटनास्थलतर्फ पठाएको छ। नेदरल्यान्डस्ले पनि उद्धार टोली पठाउने प्रतिबद्धता जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि आफूहरू पनि तयार रहेको जर्मनीका विदेशमन्त्रीको भनाइ छ।
यस्तै, अमेरिका, इजरेल, फ्रान्स, बेलायत, भारत, पाकिस्तान र युक्रेनले विपत्प्रति दुःख व्यक्त गर्दै सहायताको प्रतिबद्धतासमेत गरेका छन्।
स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा सिरियासँग सीमा जोडिएको टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियान्टेपलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
यसैबीच, अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले यस भूकम्पमा मृत्यु हुनेको संख्या १० हजार पुग्ने अनुमान गरेको छ। मृत्यु हुनेको संख्या एक हजारदेखि १० हजारसम्म पुग्ने सम्भावना ४७ प्रतिशत रहेको यूएसजीएसको भनाइ छ।
यसप्रकारको विपत्मा ठूलो जनधनको क्षति हुने बताएको यूएसजीएसले भूकम्पबाट बढीमा १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी हुने अनुमान पनि गरेको छ। यो रकम टर्कीको कूल गार्हस्थ्य उत्पादनको २ प्रतिशत हो।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया