

२० दिनमै टुंगियो डा तोसिमा कार्कीको सत्ता यात्रा, विवादै विवादमा मुछिइन्


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।
यो निर्णय गरेको केही समयपछि रास्वपाबाट मन्त्री र राज्यमन्त्री भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्।
पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
स्वास्थ्य राज्यमन्त्री डा कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ। २० दिनको सत्ता यात्रामा डा कार्की विवादमा धेरै मुछिइन्।
राज्यमन्त्री कार्कीको छोटो कार्यकाल विवादै विवादमा पर्यो। वीर अस्पतालमा रिबन काट्दा होस् वा आत्मदाह प्रयास (हाल मृत्यु) गरेका इलामका प्रेम प्रसाद अचार्यलाई भेट्दा आइसीयू प्रोटोकल पालना नगरेको भन्दै उनले आलोचना खेप्नु पर्यो। यस्तै राज्यमन्त्रीको सपथकै दिन घाँटीमा स्टेथेस्कोप लगाएर हिँडेको भन्दै विवादमा पनि आइन्।
कार्की ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेकी हुन्। घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) थिइन्।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो।
अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया