

उपप्रधान तथा गृहमन्त्री पद गुमाउँदा रिस उठेकै हो, नाटक गर्दिन : रवि लामिछाने



काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउँदा रिस उठेको बताएका छन् ।
आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेल गर्दै उनले सबै पद गुमाउँदा रिस उठेको बताएका हुन् ।
उनले भने, ‘म आज खुलेरै कुरा गरेको छु है । मन्त्री पद गयो आज यो झुक्किएछ भनेर लागेको होला । अलि अलि हो (हाँसो) । किन झूठो बोल्नु होइन मैले । अलि अलि त रिस उठिहाल्छ नि । उपप्रधान तथा गृहमन्त्री सबै पद गएको छ, होइन त्यस्तो भनेर म नाटक गर्दिन । हो, अलि अलि त रिस उठेको छ । कम रिस उठ्छ ।’
सभापति लामिछानेले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौती पनि दिएका छन् ।
देश मिडियाले कसरी ध्वस्त बनाएको छ भनेर उनले धारे हात पनि देखाए । उनले गलत शिर्षक राखेर अफवाह फैलाएको प्रति उनले रोश पनि प्रकट गरे । नेपालको मिडियालाई रिझाएरमात्र देश चलाउने हो भन्दै उनले प्रश्न पनि गरे ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया