

वडा कार्यालयले गरिब परिवारलाई लिजमा जग्गा दिने



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई लिजमा जग्गा दिने भएको छ । छ महिनासम्म खाना नपुग्ने गरिब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई पाँच कट्ठाका दरले जग्गा दिने भएको छ ।
वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए । “हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ”, उनले भने, “उहाँहरुको जीवन निर्वाहकालागि हामीले यो योजना अघि बढाएका हौँ ।” त्यसका लागि सूचनासमेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरिब घरपरिवार तथा बेरोजगारको मूल्याङ्कन गरेर जग्गा दिने उनको भनाइ छ । “हामीले प्रत्येकलाई पाँच कट्ठा जग्गा दिने छौँ”, अध्यक्ष रावतले भने, “त्योबापत कुनै रकम पनि लिइनेछैन ।” किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाइ छ ।उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए । बीउ, मलमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो । त्यहाँ करिब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पु¥याउने तयारी छ । करिब रु ३० लाखमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।
वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरुप रु १० हजार उपलब्ध गराइएको थियो । त्यस्तै भैँसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताए । व्यावसायिकरुपमा भैँसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले बताए ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया