

क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए


काठमाण्डाै
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।
यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने शृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।
सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले अस्ति मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप गएको असोज २० गते पक्राउ परेका थिए ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया