

गठन भयो नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी



बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीको समानान्तर कमिटी गठन भएको छ ।
नेविसंघ रुपन्देहीको सभापतिमा सन्दिप पाण्डेलाई नियुक्त गरेपछि बिहीबार जिल्लामा समानान्तर कमिटी गठन गरिएको हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई जिल्ला सभापतिको जिम्मेवारी दिएपछि संस्थापन इतर समूहले समसेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको सदस्यमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल,कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कण्डेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव,अनिल परियार,सम्झना पङेनी, प्रेमराज परियार,सागर घिमिरे,सुमन गुरुङ,सौरभ श्रेष्ठ,राजन थापा,विधान खाती,नीरज श्रेष्ठलगायत हेका छन्।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया