

‘एक क्वार्टरको ब्याज तिरेन भन्दैमा तुरुन्तै धितो लिलाम नगर्नुस्’ : गभर्नर



काठमाडाैँ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायी तथा ऋणीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गर्नुभएको छ ।
बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गर्नुभएको हो । उहाँले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाई गर्ने गरिएको बताउनु भयो । उहाँले कुनै पनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गर्नुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताउनु भयो । उहाँले ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको बताउनु भयो । उहाँले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भए पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताउनु भयो । गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताउनु भयो । तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गर्नुभयो ।
उहाँले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताउनुभयो । गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएकाले बजारमा माग घटेको पनि उल्लेख गर्नुभयो । साथै एक क्वार्टरकाे ब्याज नतिर्दै तुरून्तै अक्सन (धिताे लिलाम)मा जान नहुने समेत उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘तपाईहरुले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न । एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्था अनुसार रिकभरीका काम गर्नुस् भनेका छौँ । बैंकिङ सिस्टममा नर्मली त्यो हुँदैन तर पनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्शनको सन्दर्भमा हामीसँग डेडिकेटेट डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरु सुनुवाई गर्छ ।’
गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औंल्याउनु भयो । उहाँले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने बताउँदै अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएर जानुपर्नेमा जाेड दिनुभयो ।
गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताउनु भयो । उहाँले अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केहीकेही अस्थायी औजार हटाइसकिएको पनि बताउनु भयो ।


खबर सबै
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया