

यू-१९ एसियन क्वालिफायर्स : गुल्सन झाले नेपाली टिमको कप्तानी गर्ने



पोखरा
आईसीसी एसियन क्वालिफायर्सका लागि गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।
पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई सिनियर खेलाडीलाई कप्तान र उपकप्तानको रुपमा छनोट गरेको हो ।
क्यानको छनोट समितिले कप्तानका लागि देव खनाल र गुल्सन झाको नाम पठाएको थियो भने उपकप्तानका लागि दिपेश कँडेललाई नाम सिफारिस गरेको थियो । गुल्सनले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् ।
गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
नेपाली टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी र मिलन बोहरा पनि छन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया