

धनुषा : हिरासत ताेडेर ६ जना फरार



धनुषा
धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनु भएकाे हाे ।
‘हामी ड्युटीमै थियाैँ । अगाडिबाट भित्रको हिरासत देखिँदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट ताेडेर अभियुक्तहरु भागेका हुन्’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।
फरार भएकाहरुकाे तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाकाे मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् । इलाका प्रहरी कार्यालयकाे भवन पुरानाे छ । हिरासतपट्टिको भाग कमजोर भएका कारण ताेडेर उनीहरू भागेका प्रहरीले जनाएकाे छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया