

सीता एयरले दाङमा व्यावसायिक उडान गर्ने



दाङ । निजी विमान सेवा कम्पनी सीता एयरले दाङ एयरपोर्टबाट दश दिन भित्रै व्यावसायिक उडान गर्ने भएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले अफिसियल टुरपछि शुक्रबार टरिगाउँ एयरपोर्टमा एक हप्ता दिनदेखि ढिलोमा दस दिन भित्रै व्यावसायिक उडान गरिने बताएका हुन्। सिंहले सुरूमा हप्ताको एक दिन उडान सुरू गर्ने र त्यसपछि आवश्यकताका आधारमा उडान संख्या थप्दै जाने जानकारी दिए। आज दाङ एयरपोर्टमा अवतरण गर्दा मनैदेखि न्यानो माया पाउँदा निकै खुसी महसुस भइरहेको भन्दै उनले अब सीता एयरले नियमित रूपमा भनेको समयमा उडाउँछ भन्ने विश्वास दिलाउन आवश्यक रहेको पनि बताए ।
अहिले धेरै यात्रुहरू बाँकेको नेपालगञ्ज र त्यसपछि रूपन्देहीको भैरहवा विमानस्थलमा जाने गरेको पाइएको हुँदा त्यस्ता यात्रुलाई दाङबाटै उड्न सहज छ भनेर विश्वास दिलाउन एकदुई महिना सीताले उडान भर्न जरूरी रहेको उनले बताए।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया