सीता एयरले दाङमा व्यावसायिक उडान गर्ने

दाङ । निजी विमान सेवा कम्पनी सीता एयरले दाङ एयरपोर्टबाट दश दिन भित्रै व्यावसायिक उडान गर्ने भएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले अफिसियल टुरपछि शुक्रबार टरिगाउँ एयरपोर्टमा एक हप्ता दिनदेखि ढिलोमा दस दिन भित्रै व्यावसायिक उडान गरिने बताएका हुन्। सिंहले सुरूमा हप्ताको एक दिन उडान सुरू गर्ने र त्यसपछि आवश्यकताका आधारमा उडान संख्या थप्दै जाने जानकारी दिए। आज दाङ एयरपोर्टमा अवतरण गर्दा मनैदेखि न्यानो माया पाउँदा निकै खुसी महसुस भइरहेको भन्दै उनले अब सीता एयरले नियमित रूपमा भनेको समयमा उडाउँछ भन्ने विश्वास दिलाउन आवश्यक रहेको पनि बताए ।

अहिले धेरै यात्रुहरू बाँकेको नेपालगञ्ज र त्यसपछि रूपन्देहीको भैरहवा विमानस्थलमा जाने गरेको पाइएको हुँदा त्यस्ता यात्रुलाई दाङबाटै उड्न सहज छ भनेर विश्वास दिलाउन एकदुई महिना सीताले उडान भर्न जरूरी रहेको उनले बताए।

प्रतिक्रिया

खबर सबै