

दाङ एयरपोर्टमा भोलि परीक्षण उडान सीता एयरले गर्ने



दाङ
सीता एयरले शुक्रबार दाङ एयरपोर्टमा परीक्षण उडान गर्ने भएको छ।
निजी विमान सेवा कम्पनीले दाङको टरिगाउँ एयरपोर्टमा उडान गरे हवाई भाडा घट्ने आशा गरिएको छ। यो एयरपोर्ट घाँसे मैदान छँदा पहिले पनि सीताले टरिगाउँ एयरपोर्टमा उडान गरेको थियो।
पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले मात्रै हप्तामा चार दिन उडान भर्दै आएको छ।
आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुदै आएको छ।
दाङदेखि काठमाडौंको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ।
सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको हो।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालको पहलमा सीताले फेरि टरिगाउँ एयरपोर्टमा उडान सुरू गर्ने गरि परीक्षण उडान गर्न थालेको विमानका कर्पोरेट चिफ सविता नकर्मीले बताइन्।
‘मौसमले साथ दिए भोलि हाम्रो दाङमा अफिसियल टुर हुन्छ,’ उनले भनिन्, ‘स्थानीय ब्यापारीको आग्रहमा हामी दाङबाट पनि उडान भर्ने मनस्थितिमा पुगेका हौं।’
टरिगाउँ एयरपोर्टका विमानस्थल प्रमुख गणेश आचार्यले सीताले शुक्रबार गर्ने भनिएको परीक्षण उडान बारे जानकारी आएको बताए।
‘अफिसियल रूपमा लेटर आइपुगेको छैन,’ उनले भने ‘ आज बेलुका बिमान कम्पनीले सेडुययल पेश गर्ने र भोलि बिहान मात्रै त्यसको मलाई आधिकारीक जानकारी हुनेछ।’
गुल्मीमा नयाँ एयरपोर्ट बनेपछि एकै साथ सीताले गुल्मी र दाङमा परीक्षण उडान गर्न थालेको हो।
युवा ब्यवसायी रिजाललगायत यसक्षेत्रका ब्यवसायीको पहलमा झन्डै दशक पहिले पनि निजी विमानले टरिगाउँ एयरपोर्टमा सेवा दिने गरेका थिए।
रिजालले सीताले पनि ब्यवसायिक उडान गरे भाडादर सस्तो हुने आशा ब्यक्त गरे। ‘झन्डै एक हजारदेखि एक हजार पाँच सय भाडा दर सस्तो हुनुपर्छ भनेर मैले प्रस्ताव गरेको छु,’ रिजालले भने, ‘विमान कम्पनीले भोलिको उडानपछि त्यो कुरा निर्क्यौल गरौंला भन्नु भएको छ।’
दाङको टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना भइ इन्धन भर्ने सुविधा थप हुँदा पनि नेपाल एयरलाइन्सले यात्रुको भाडा घटाएको छैन। चर्कौ भाडा दरका कारण सर्वसाधारण अप्ठेरो पर्दा पनि जहाज चढ्न नसक्ने अवस्था भए पछि केही सहुलियत होस् भन्ने उद्धेश्यले निजी विमानलाई पनि उडानका लागि आग्रह गरिएको रिजालले बताए।
दाङको टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला विमान अवतरण हुन सक्दैनन्।
यो एयरपोर्ट वि.सं. २०११ सालदेखि सञ्चालनमा आएको हो। एयरपोर्ट विस्तारको कुरा पटक-पटक हुँदै आए पनि हालसम्म बिस्तारको कामले पूर्णता पाइसकेको छैन।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया