

नेपालको यू–१९ टोली घोषणा


काठमाडौँ
नेपालले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप छनोट एसिया क्षेत्रका लागि १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रतियोगिता फेब्रुअरी २४ देखि मार्च ३ सम्म यूएईको अजमानमा हुनेछ ।
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, दीपक डुम्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहराले नेपालको यू–१९ टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक जगत टमाटाले कप्तान छनोट केही समयपछि गर्ने जनाए ।
पहिलो चरणमा २८ खेलाडी छानेर प्रशिक्षण गरिएको थियो । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव वैकल्पिकमा खुम्चिएका छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले यूएई, मलेसिया, हङकङ, सिंगापुर, कुवेतसँग प्रतिस्पर्धा गर्नेछ र विजेता राष्ट्र २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छानिनेछ । नेपाल २०१६ यता यू–१९ विश्वकपमा छनोट हुन असफल रहेको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया