

अवैध सालको काठसहित चार जना पक्राउ



दाङ । दाङमा अवैध सालको काठसहित चार जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका–९ देवीकोटबाट प्रहरीले अवैध सालको काठसहित ४ जना पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनिहरुलाई शनिवार दिउँसो करिव १२ बजे प्रकाउ गरेको थियो । वडा नं ९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरीक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहमा वडा नं ९ बस्ने बर्ष २२ का सुल्तान मिया, बर्ष २६ का जुद्ब बहादुर बराल, बर्ष ४४ का तिलबहादुर फुन्जा मगर र बर्ष ३६ का टोपबहादुर रोका रहेका इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया