

सुनको भाउ ताेलाकाे एक लाख पाँच हजार रुपैयाँ नाघ्याे



काठमाण्डाै
सुनको भाउ बढेर तोलाकाे एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज शुक्रवार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।
यसअघि पोहोर फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनकाे भाउ बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता भाउ घट्न थाले पनि फेरि सुनको भाउ बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया