कपिलवस्तु अस्पताल बन्यो नेपालमै पहिलो

राजेन्द्र खनाल, कपिलवस्तु । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा देशमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० को न्युनतम सेवा मापदण्ड अन्तरगत कपिलवस्तु अस्पतालले सबैभन्दा धेरै ९६ अंक प्राप्त गरेको हो ।

कपिलवस्तु अस्पतालका डा. गणेश क्षेत्रीले भन्नुभएको छ, “आज सपना पूरा भएको छ । विभिन्न आरोह अवरोह पश्चात् आज हामी नेपालकै अस्पतालहरुमा सर्वोत्कृष्ट भएका छौ ।” कपिलवस्तु अस्पताल तौलिहवा, न्युनतम सेवा मापदण्डमा सबै भन्दा धेरै ९६ प्रतिशत ल्याएर नेपाल मै प्रथम भएको डा. क्षेत्रीले साझाकुरासँग बताउनुभयो । यही माघ ४ र ५ गते गरिएको मुल्यांकनको नतिजा स्वास्थ्य निर्देशनालयबाट आउनु भएका एमएसएस स्रोत व्यक्तिको प्रतिनिधिको रुपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले अस्पताललाई सो जानकारी दिनुभएको थियो ।

अस्पताललाई यो नतिजा प्राप्त हुनुमा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कपिलवस्तु जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु नगरपालिका लगायत जिल्लाका सबै स्थानीय तह, जिल्ला समन्वयन समिती, पत्रकार, स्थानीय नेतृत्व वर्ग, सम्पुर्ण साझेदारी संघ संस्थाहरु लगायत अस्पताललाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिने स्थानीय जिल्लाबासीहरुलाई अस्पतालले धन्वयवाद पनि दिएको डा. गणेश क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै