

चिन्ताजनक अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरिरहेको छु : अर्थमन्त्री



काठमाडौं
अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोभिड-१९ को पनि सामान गरेको अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो ? भन्दै प्रश्न गरेका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले सबै समस्या सामाना गरेको नेपालको अर्थतन्त्र किन चिन्ताजनक भयो भन्ने प्रश्न अर्थमन्त्री भएदेखि नै आफ्नो मनमा रहेको बताए ।
‘मेरो मनमा यौटा प्रश्न छ, हामीले अर्थतन्त्रले धेरै ठूलो प्रहार सहनु परेको छ । भूकम्प र नाकाबन्दी हामीले सामना गर्यौं । कोभिड संसारले भोगेको हो,’ उनले भने, ‘भूकम्प जस्तो चुनौती सामना गरेको, भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र सम्हाल्दै आएका हौं, सरकार, निजी क्षेत्र र सरकारले सहकार्य गर्दै जोगाएका थियौं ।’
‘कोभिडमा पनि सामना गर्न सकेका र आज भूकम्प छैन, नाकाबन्दी छैन, कोभिड व्यवस्थापन भइसकेको भएपनि हामी आर्थिक रुपमा किन चिन्ताजनक अवस्था छौं ?,’ उनले प्रश्न गर्दै भने, ‘किन सक्षम पाइलट खोज्ने अवस्थामा आयौं ? किन इन्जिन चेक गर्ने अवस्थामा आयौं ?’
अहिले जे जस्ता समस्याको चर्चा भइरहेको छ ११ पुसमा अर्थ मन्त्रालयमा छिरेदेखि त्यसको अध्ययन गरिरहेको उनले बताए । ‘म अहिलेपनि अपेक्षा र गुनासा सुन्दैछु । यो समस्या यही रुपमा रहन दिनु हुँदैन । म समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजना छु,’ उनले भने, ‘समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छु । राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने ? करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गर्दैछु ।’
उनले खर्चमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताउँदै पूँजीगत खर्च बढाउन प्रभावकारी प्रयास गर्ने बताए ।
‘उत्पादन क्षेत्रको खर्च बढाउँदै अनुत्पादक क्षेत्रको खर्च घटाउँछौ, सरकार मितव्ययी बन्छ, आर्थिक अनुशासन कायम गर्छौं,’ उनले भने, ‘निजी क्षेत्रको मनोबल बढाउन, निजी क्षेत्रका कुरा सुनेर, आत्मबल बढाएर हामी अगाडि बढ्छौं । समस्या समाधान पनि यसै गरी हुनेछ । सरकार तपाईंहरुको सामु अभिवावक बन्छ, सरकारका समस्या पनि निजी क्षेत्रले बुझ्नु पर्छ।’


खबर सबै
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया