मानव अधिकारका लागि युवा मञ्च कपिलवस्तुको अध्यक्षमा पन्त

लुदस, कपिलवस्तु
मानव अधिकारका लागि युवा मञ्च कपिलवस्तुको अध्यक्षमा ईन्दिरा पन्त चयन भएकी छन् । मञ्चको छैंठौं अधिवेशनबाट पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । जसको उपाध्यक्षमा सुमित्रा भट्राई, सचिवमा पुर्ण चन्द्र परियार, सह सचिवमा पारस मरासिनी, कोषाध्यक्षमा महेन्द्र प्रसाद खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरि प्रसाद आचार्य, देवकला सुवेदी कमाल, शिव खनाल, पार्वती आचार्य, सरस्वती आचार्य, दिनानाथ पाण्डे चयन भएका छन् ।

साथै संस्थाको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सचिव सुमित्रा भट्राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष महेन्द्र प्रसाद खनालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सल्लाहकार तथा संस्थापक कोषाध्यक्ष थानेश्वर अधिकारीले नवगठित कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विगत देखिको गरिमालाई सधै उचो राख्न अनुरोध गरेका थिए ।

अध्यक्षको जिम्मेवारी पाएसंगै अध्यक्ष पन्तले संस्थालाई मानव अधिकारको क्षेत्रमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । अध्यक्ष पन्तले नेतृत्व प्रदान गर्न सहयोग गर्नुहुन सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गरिन् । वि.स.२०६६ सालमा स्व. नन्दराम पौडेलेको नेतृत्वमा स्थापना भएको उक्त संस्थाले विगत देखिनै मानव अधिकारको क्षेत्रमा योगदान गर्दै आएको छ ।

प्रतिक्रिया

खबर सबै