

लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण



काठमाण्डाै
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मुख्यमन्त्रीले शपथ लिएका छन् । दुवै प्रदेशमा सानो आकारको मन्त्रिपरिषद् पनि गठन भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि मन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ । उहाँहरूको मन्त्रालय भने तोक्न बाँकी रहेको छ ।
एमालेको तर्फबाट मुख्यमन्त्री बनेका गिरीलाई सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थन रहेको छ । लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । लुम्बिनीमा माओवादी र एमालेले आलोपालो नेतृत्व गर्ने सहमति छ ।
यस्तै कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा शर्मालाई शपथ गराउनुभएकाे हो । साथै माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाह विनाविभागीय मन्त्री बन्नुभएको छ ।
४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका शर्मालाई २५ जना सांसदको समर्थन रहेको छ । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया