

निक्षेपको ब्याजदर माघदेखि घट्ने : कर्जाको भने वैशाखमा मात्र परिवर्तन हुने



काठमाण्डाै
आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले बैङ्कहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।
नियामक निकाय नेपाल राष्ट्र बैङ्कको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बैङ्कर्स एसोसिएशनले जनाएको छ । राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । त्यसैअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो ।
माघ महिनाको लागि वाणिज्य बैङ्कमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२ दशमलव १३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागततर्फको १० दशमलव १३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ । तर कर्जाको ब्याजदर आउँदो वैशाखदेखि मात्रै परिवर्तन हुनेछ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया